
काठमाडौं, पुस १६ । पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थल आक्रोसित भीडले ध्वस्त पारेको छ ।
पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा अवस्थित हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थल ध्वस्त पारिएको हो ।
प्रहरीका अनुसार काराक जिल्लाको टेरी गाउँमा एक हिन्दु नेताले बनाउन लागेको घर समाधिस्थलमा जोडिएको भन्दै स्थानीय भीड आक्रोसित बनेको थियो ।
यसअघि सन् १९९७ सालमा सोही समाधिस्थलको विषयलाई लिएर स्थानीयवासीले पहिलोपटक आक्रमण गरेका थिए ।
त्यसपछि पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले यसको पुनर्निर्माण गरेको थियो ।
सन् १९१९ मा सोही ठाउँमा सन्तको अन्त्येष्टि गरिएको थियो र उनका अनुयायीहरुले सो ठाउँमा वर्षौदेखि पुजापाठ गर्दै आएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्