१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आच्छू !! कति चिसो !!! शून्यमा झर्‍यो काठमाडौंको तापक्रम


0
Shares

काठमाडौं, पुस १६ । काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ । आज बिहानको तापक्रम शून्य डिग्रीमा झरेको हो ।

विहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव २ रहेकामा पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ० दशमलव ८ डिग्री सेल्सियस पुगेको मौसम विभागले जनाएको छ ।

यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । अर्थात् सबैभन्दा चिसो दिन । विभागका अनुसार भोलि (शुक्रबार) को तापक्रम पनि शून्यकै वरिपरी रहन सक्नेछ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ छ ।

दिपायलमा न्यूनतम तापक्रम ० दशमलव ४ डिग्री सेल्सियस रहँदा वीरेन्द्रनगरको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

मौसमविद राजु प्रधानांगले केही दिनयता चिसो बढ्न सक्ने भन्दै तराई मधेसका जिल्लामा बाक्लो हुस्सु लाग्नेक्रम पनि जारी रहने बताउनुभयो ।