१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उखु किसानको रकम नतिरेको अभियोगमा लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ


0
Shares

काठमाडौं, पुस १६ । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरिएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध नवलपरासीका उखु किसानले आफ्नो उत्पादनको पैसा नतिरेको उजुरी परेको छ । त्यही अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले थप अनुसन्धानका लागि नवलपरासी पठाइएको जानकारी दिनुभएको छ ।

यो मिलले उखु किसानको १५ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ ।

सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्ने सहमति किसानसँग गरेको छ ।