
काठमाडौं, पुस १६ । नेपाल बार एशोसिएसनले संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतलाई राय दिन तीन जना कानुनविद चयन गरेको छ ।
नेपाल बारको बिहीबार बसेको बैठकले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई एमिकस क्युरीको रुपमा पठाउने निर्णय गरेको हो ।
संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले यो विषयमा राय दिन नेपाल बार एशोसिएशनसँग तीन जना एमिकस क्युरीको (कानुनविद्) नाम मागेको थियो ।
एमिकस क्युरीका लागि चयन भएका विज्ञले संविधान, कानुन र आफ्नो विवेक अनुसार अदालतलाई तटस्थ राय दिने परम्परा रहेको छ ।
सर्वोच्चले नेपाल बारका साथै सर्वोच्च अदालत बार एशोसिएसनसँग पनि दुई जना एमिकस क्युरीको नाम पठाउन भनेको छ ।
प्रतिक्रिया दिनुहोस्