
काठमाडौं, पुस १७ । सरकारले अनलाइनमार्फत श्रम स्वीकृति दिने व्यवस्था गरेको छ ।
विभागले शुक्रबार (आज)देखि अनलाइनबाट पुनः श्रम स्वीकृति दिने तयारी गरेसँगै कार्यालया धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको हो ।
नयाँ व्यवस्था अनुसार विभागले पहिले नै श्रम स्वीकृति लिएका र पुन लिन चाहने नेपाली नागरिकले विभागको वेबसाइट हेरेर अनलाइनबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने छन् ।
यसका लागि श्रमिकले आवश्यक कागजपत्रसहितको प्रक्रिया भने अनलाइनबाट पूरा गर्नुपर्ने छ ।
जहाँ छ सोहि मुलुकबाट आवेदन दिन विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो ।
एकपटक विभागबाट आईडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइकाले अनलाइनबाटै आवेदन दिएर निःशल्क सेवा लिन सकिने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ ।
नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण लिएर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्