१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आयोगले माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अध्यावधिक गर्ने


0
Shares

काठमाडौं, पुस १७ । निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आयोगले हिजो प्रेस विज्ञप्ती जारी गरेर माघ १५ देखि २१ गतेसम्म स्थानीय तहमा रहेको केन्द्रहरुबाट मतदाता नामावली अध्यावधिक गर्ने जानकारी दिएको छ ।

आयोगले वि.स. २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरुको मतदाता नामावली अध्यावधिक गरी अन्तिम नामावली तयार पार्ने जनाएको छ ।

सो अवधिमा मतदाता नामावली भएको आफ्नो स्थानीय तहमा गएर नामावलीमा भएको त्रुटी सच्याउनसमेत आयोगले आग्रह गरेको छ ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभामो मध्यावधि निर्वाचन गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले यही पुस ६ गतेबाट मतदाता नामावली दर्ता कार्यक्रम स्थगित गरेको थियो ।