
काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
दाहाल–नेपाल पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले मंगलबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो ।
अनेरास्ववियूले सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्ने र कोण सभा आयोजना गर्ने, लाल्टिन जुलुश निकाल्ने, सिठ्ठी, लाठि जुलुश प्रदर्शन गर्ने, प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने लगायतका विरोधका का कार्यक्रम तय गरेको हो ।
अनेरास्ववियूले शैक्षिक संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ ।
संघीय संसदबाट सर्वसम्मतरुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामाग्री तत्काल वितरण गर्न दबाब दिने सह–संयोजक तामाङले बताउनुभयो ।
तामाङले प्रतिनिधि सभा पुर्नस्थापना गर्दै प्रतिगामी कदम नसच्याउँदासम्म अनेरास्वविूुले अझै सशक्त कार्यक्रम गर्ने बताउनुभयो ।
माघ १ गते तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्