
प्रज्ञा तिमल्सीना (इमेज)
काठमाडौं, पुस २१ । अमेरिका, बेलायतलगायत केही देशहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिसकेका छन् ।
महामारीकोे १ बर्षपश्चात सुरु भएको खोप छिमेकी देश भारतले समेत लगाउन सुरु गर्दैछ ।
सरकारी अधिकारी खोपका लागि भारतलाई नै प्राथमिकतामा राखेको बताएका छन् ।
छिमेकी देश भारतले बनाएको कोरोनाविरुद्धको दुई खोप नेपालमा पनि प्रयोग आउन सक्ने सम्भावना देखिएको छ ।
भारतमा खोपले आपतकालिन प्रयोगका लागि स्विकृति पाएसँगै नेपालले खोप ल्याउन कूटनीतिक पहल सुरु गरेको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीकाअनुसार विश्व स्वास्थ्य संगठनको कोभ्याक्सभन्दा पहिले भारतमा निर्मित खोप आउने सम्भावना बलियो छ ।
भारतले खोप निर्यात नगर्नेे खबर वाहिरिए पनि उसले नेपाललगाएत केही सिमित मुलुकलाई खोप दिन राजी भएको मन्त्रालय सम्वद्ध स्रोतले बताएको छ ।
तर कहिले आउँछ त नेपालमा खोप ? कूटनीतिक पहिल कतिअघि बढ्यो ? जनमानसमा उव्जिएको प्रश्न हो यो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले खोप ल्याउने प्रकृया धेरै अगाडि बढेको र प्राविधिक काम पनि सकिएको बताउनुहन्छ ।
नेपालले हाल अमेरिका ,बेलायत, रसिया, चीन लगायत ८ देशसँग खोप ल्याउन कूटनीतिक पहल गरेको छ ।
मन्त्रालयले खोप ल्याएर भण्डार गर्नेदेखि पहिलो चरणमा लगाइने व्यक्तिको विवरणसमेत तयार पारेको छ ।
जसमा पहिलो चरणमा स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति र दोस्रो चरणमा १७ प्रतिशत र तेस्रो चरणमा ४२ प्रतिशत व्यक्तिलाई खोप दिने कार्ययोजना तयार गरेको सह–प्रवक्ता डा.अधिकारीले जानकारी दिनुभयो ।
भारतमा विकास गरिएका खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।
खर्च र प्राविधिक दृष्टिले भारतबाटै खोप ल्याउन नेपाललाई सहज छ ।
यसका लागि सरकारले तत्काल कूटनीतिक प्रयासलाई घनिभूत रुपमा अघि बढाउन आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्