
नरेन्द्र मानन्धर (इमेज)
काठमाडौं, पुस २१ । नेपालमण्डल सभ्यतामा हिति सम्पदा महत्वपूर्ण रहेको छ ।
तर अव्यवस्थित र अनियन्त्रित शहरीकरणले यो सम्पदा संकटमा परेको छ ।
तर सम्पदाप्रेमीको दवाब र प्रयासमा सुकिसकेका केही हितिबाट भने पानी बग्न थालेको छ ।
ललितकलामा विश्वप्रसिद्ध शहर पाटन अर्थात यल् जहाँ विश्व प्रसिद्ध प्रसस्त संम्पदाहरु रहेका छन् ।
विश्व संम्पदामा सूचीकृत पाटन दरवार लगायतको क्षेत्रमा रहेका ऐतिहासिक हितिहरुबाट भने पानी बग्न छोडेको छ ।
कारण अव्यवस्थित र अनियन्त्रित शहरीकरण यसैमध्ये पाटन दरवारभित्रै रहेको तुसाः हिति र भण्डारखाल हिति पनि हो ।
सम्पदाप्रेमीको दवाब र प्रयासपछि अहिले दुवै हितिबाट पानी बग्न थालेको छ ।
भण्डारखाल पोखरीको पानीलाई मेशिनले तानेर हितिमा पानी सुचालु गरिएको हो ।
स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयले तत्काल राजकुलो र प्राकृतिकरुपमा हितिमा पानी ल्याउन सम्भव नभएपछि अस्थायी भए पनि पोखरीको पानीलाई चलाएको हो ।
काठमाडौं उपत्यका संम्पदा ट्रष्टका पाटन दरवारका इन्चार्ज रविन कपालीले अहिले भण्डारखाल पोखरीको पानी नै दुवै हितिमा आउने बनाए पनि पछि प्राकृतिक रुपमा नै पानी आउने बनाउने प्रयास भइरहेको बताउनुभयो ।
नेपाल भाषामा उखुलाई “तु” भनिन्छ, भने “सा” भन्नाले स्वादलाई जनाउँछ त्यसैले उखुको रस जस्तै मिठो स्वादको पानी आउने भएकोले यस हितिको नाम तुसाःहिति रहन गएको पनि भनिन्छ ।
यहाँ ७८ देव–देवीहरुको मुर्तिसमेत स्थापना गरिएको छ ।
भण्डारखाल पोखरी पनि राजा सिद्धीनरसिंह मल्लले बनाएका हुन ।
जसमा निरन्तर पानीको बहावका लागि भण्डारखाल हिति बनाइएको थियो ।
हिति संरक्षण अभियन्ता सुुदर्शन महर्जनले राजकुलोलाई व्युत्याएर प्राकृतिक रुपमा नै सबै हितिमा पानी ल्याउनु पर्नेमा जोड दिनुभयो ।
यसका लागि सरकारले ठोस योजना ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ ।
यस्ता ऐतिहासिक हितिलाई पुर्नजीवन दिन आवश्यक छ ।
यो हाम्रो मात्र होइन विश्व कै जीवित सभ्यता र सम्पदा हो ।
विकासको नाममा सम्पदा मास्ने सोचलाई सबैले परिवर्तन गर्नु पर्ने खाँचो देखिएको छ ।
भिडियो हेर्नुहोस्
भिडियो : सानु माली
प्रतिक्रिया दिनुहोस्