१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दूधकोशी सामुदायिक अस्पताल र धुलिखेल अस्पतालबीच सम्झौता


0
Shares

सोलुखुम्बु, पुस २२ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्माणाधीन दूधकोशी सामुदायिक अस्पतालको दिगो सञ्चालनका लागि धुलिखेल अस्पतालसँग निर्माण तथा सञ्चालन लगायतका विषयमा सहकार्यका लागि सम्झौता गरिएको छ ।

बिपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माणधीन अस्पताल र धुलिखेल अस्पतालबीच दिगो सञ्चालन, विशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह लगायतका विषयमा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राई र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. रमेश मकाजुले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतासँगै दूधकोशी सामुदायिक अस्पताल धुलिखेल दूधकोशी सामूदायिक अस्पतालमा परिणत भएको छ ।

गाउँमै राजधानी सरहकै बिशेषज्ञ स्वास्थ्य सेवा पाउने भएकाले अब जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतारिनु नपर्ने दाबी गरिएको छ ।

अस्पतालबाट प्रसुति लगायतका सेवा दक्ष डाक्टरबाट प्रवाह गरिने भएको छ ।