१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ


0
Shares

स्याङ्जा, पुष २२ । भिरकोट नगरपालिकाका एक जना युवकले बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

भीरकोट नगरपालिका वडा नं ५ का १९ वर्षीय आशिष थापाले १७ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले थापालाई पक्राउ गरी करणीसम्बन्धी कसुरमा मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

थापाले ती बालिकालाई विवाह गर्छु भनि विभिन्न प्रलोभनमा पारी जवरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरेको अधिकारीले बताउनुभयो ।