१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता


0
Shares

काठमडौं, पुस २५ । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता सँधैका लागि बन्द गरिदिएको छ ।

सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता संसद भवनमाथि उहाँ समर्थक हिंस्रक भीडले आक्रमण गरेपछि फेरि रोक लगाएको थियो ।

बिहीबार ट्रम्पको खातामाथि लगाइएको प्रतिबन्ध केही समयका लागि खोलिएको भए पनि फेरि अमेरिकी समय शुक्रबारबाट भने सँधैका लागि बन्द गरिएको ट्वीटरले जनाएको हो ।

खाता बन्द गर्दै ट्वीटरले भनेको छ, ‘हालैमा उनले गरेको ट्वीटको नजिकबाट समीक्षा र हालै गराइएको घटनालाई ध्यान दिँदै हिंसा भड्काउने जोखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्टको स्थायी रुपमा बन्द गरिदिएका छौं ।’

यसअघि जनवरी ६ मा ट्रम्पको खातामा १२ घण्टाका लागि ट्वीटरले प्रतिबन्ध लगाएको थियो ।