८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लिभरपुल चौथो चरणमा प्रवेश


0
Shares

काठमाडौं, पुस २५ । लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा एष्टन भिल्लामाथि ४–१ गोलअन्तरको जित निकालेर लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेको हो ।

अवे मैदानमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेको हो ।

उसका लागि साडिओ मानेले चौथो र ६३ औँ मिनेटमा गोल गरे ।

यस्तै जर्जिनिओ विनाल्डमले ६० औँ तथा मोहम्मद सालहले ६५ औँ मिनेटमा गोल गरे ।

एस्टन भिल्लाका लागि १७ वर्षे किशोर लुई ब्यारीले ४१ औँ मिनेटमा एक गोल फर्काएका थिए ।

अर्को खेलमा क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको वुल्भ्स पनि चौथो चरणमा प्रवेश गरेको छ ।

कोरोनाका कारण अधिकांश खेलाडी आइसोलेसनमा रहेकाले एष्टन भिल्लाले नयाँ अनुहारलाई मैदानमा उतारेको थियो ।