
काठमाडौं, पुस २५ । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृत फेला परेका छन् ।
शुक्रबार राति ९ बजे दम्पती मृत अवस्थामा फेला परेका हुन् ।
टोखाको ग्रिन भिलामा बस्दै आएका ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिनुभयो ।
कोठाभित्र मृत अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको शव प्रहरीले बरामद गरेको छ ।
पत्नी सुदिक्षा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
उमेश र सुदिक्षा इन्जिनियर भएको बताइएको छ ।
घटनास्थलमा रगत लागेका अवस्थामा सिलौटो फेला परेको छ ।
सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेर आफु झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्