
काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी ओलीले पूर्व माओवादी र तिनका विचारमाथि कडाशब्दमा प्रहार गर्दै व्यंग्यसमेत कस्नुभएको छ ।
शनिबार काठमाडौंमा आफूनिकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वमाओवादीले चलाएको ‘महान् जनयुद्ध’ फर्सी कुहिए झैं कुहिएको टिप्पणी गर्नुभयो ।
कार्यकर्ताको सुसेली पाएर उत्साहित ओलीले भन्नुभयो, ‘केपी ओली वैशाखपछि राजनीति रहँदैन, समाप्त हुन्छ भने । यिनका भविष्यवाणी कति ठाउँ खेर गए । महान् जनयुद्ध भनेर कराए । महान् जनयुद्ध के भो ? फर्सी कुहिए झै कुहियो ।’
पहिचानको नाममा देशै टुक्र्याउन खोजेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘यिनीहरुले के केसम्म गरे । नेपाली जनतालाई पहिचानको नाममा देश टुक्र्याउने योजना थियो ।’
सोही सभामा प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्ध बोल्ने चार पूर्वप्रधानन्यायाधीशहरुलाई हण्डीले पालिएका भन्दै न्यायालयलाई प्रभावित पार्न र नधम्क्याउन चेतावनी पनि दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्