१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल-नेपाल समूहले सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौं, पुस २६ । नेकपा दाहाल-नेपाल समूहले सचिवालय बैठक बोलाएको छ ।

दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको दाहाल-नेपाल समुहले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोध गरिरहेको दाहाल–नेपाल समुहले सभिवालय बैठकबाट आगामी योजनाका बारेमा छलफल गर्ने बताइएको छ ।

पत्नीको उपचारका लागि भारत जानुभएका दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किएपछि यो समुहको पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

बैठकले प्रतिनिधिसभा विघनविरुद्धको आन्दोलनलाई कसरी प्रभावकारी बनाउने र आन्दोलनमा अन्य पार्टीसँग कसरी सहकार्य गर्ने भन्नेमा पनि बैठकमा छलफल गरिने भएको छ ।