
काठमाडौं, पुस २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको छ ।
मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने जानकारी गराउनुभएको थियो । यस अधिवेशनमा चार बैठक बसेका थिए ।
प्रतिनिधि सभा भने प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीबाट पुस ५ गते विघटन गरिएको छ । यससम्बन्धि मुद्दा अदालतमा विचाराधीन छ ।
यस्तोछ, राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको राष्ट्रपति कार्यालयको पत्रः

प्रतिक्रिया दिनुहोस्