
कैलाली, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियू जिल्ला कमिटी कैलालीले धनगढीमा बयलगाडा र्याली निकालेको छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भन्दै अनेरास्ववियूले बयलगाडा र्याली निकालेको हो ।
वि.स. २०६२ र ०६३ सालको जनआन्दोलनका बेला प्रधानमन्त्री ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भन्नु भएको थियो ।
सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले आइतबार बयलगाडा प्रदर्शन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्