
काठमाडौं, पुस २६ । सरकारले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रवद्र्धन गर्न विकास समिति गठन गर्ने भएको छ ।
गठन आदेशमार्फत विकास समिति गठन प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको विचार गोष्ठीमा मन्त्री ढकालले विकास समिति गठन गर्ने प्रक्रिया शुरु भइसकेको बताउनुभयो ।
सरकारले पुर्खाहरुले राष्ट्र निर्माणका निम्ति गरेको योगदानको सधै सम्मान गर्ने मन्त्री ढकालले बताउनुभयो ।
उहाँले पृथ्वीनारायण शाहको योगदानको रक्षाका लागि विभिन्न संघसंस्था, अभियन्ताहरुसँग मिलेर सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्