१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मनीषा कोइरालाको प्रश्न–के यो नेपालीको सरकार नै हो ?


0
Shares

manisha koirala

काठमाडौं, पुस २७ । अभिनेत्री मनीषा कोइरालाले अहिलेको सरकारलाई नेपालीकै सरकार हो भन्ने प्रश्न गर्नुभएको छ ।

सोमबार २९९ औं पृथ्वी जयन्ती मनाउन निस्किएकाहरुमाथि सिंहदरबारअगाडी भद्रगाली सडकमा प्रहरीले धरपकड गरेकामा आपत्ति जनाउँदै कोइरालाले अहिलेको सरकार कस्को हो भन्ने प्रश्न गर्नुभएको हो ।

भद्रकालीबाट सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकमा सम्मान व्यक्त गर्न जाँदै गर्दा मनीषासहितका सहभागिहरुलाई प्रहरीले बाटोमा रोकेपछि सामाजिक सञ्जालमार्फत् उहाँले रोष प्रकट गर्नुभएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा मनीषा कोइरालाले लेख्नुभएको छ, ‘मैले आशा गरेकी थिए कि जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ । तर उस्को व्यवहार ठीक उल्टो देखियो । पृथ्वीनारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य ?’

राष्ट्र एकीकरणका नायकप्रति सम्मान व्यक्त गर्न जानेहरुप्रति पानीको फोहोरा र अश्रुग्यास प्रहरा गरेकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, ‘पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्न जानेक्रममा सहभागि र प्रहरीबीच केहीबेर धकेलाधकेल हुँदा तनावको अवस्था सृजना भएको थियो ।