
काठमाडौं, पुस २७ । चीनसँगको सीमा नाका तातोपानी फेरि २० दिनका लागि बन्द हुने भएको छ ।
कोरोनाका कारण लामो समयसम्म बन्द रहेको यो नाकाबाट मालवस्तु आयातमा केहि सहज हुन थालेकै बेला मितेरी पुलमा समस्या आएको भन्दै चिनियाँ पक्षले मर्मतका लागि फेरी नाका बन्द गर्ने भएको हो ।
कोरोनाको कहरबाट विस्तारै सामान्य अवस्थामा फर्कदै गरेको नाकामा समस्या आएसँगै व्यवसायी चिन्तित बनेका छन् ।
नाकास्थित भन्सार कार्यालयले तयारी अवस्थामा रहेका केही कन्टेनर भने नेपाल आउने तयारी गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्