१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली गुटको पतन निश्चित छ : दाहाल


0
Shares

काठमाडौं, पुस २८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वयले केपी ओली गुटको पतन चाँडै नै हुने बताउनुभएको छ ।

पोखरामा मंगलबार आयोजित गणकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँहरुले प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेर कलंकको टीका लगाएकाले पतन निश्चित भएको चेतावनी दिनुभयो ।

पार्टीभित्रका गलत प्रवृत्तिविरूद्ध लडाइँ र आलोचना गर्न नसके सोभियत संघजस्तो हुने पनि भन्दै अध्यक्ष दाहालले नेता तथा कार्यकर्ताहरू केही महिना खटेर काम गर्ने हो भने ओली गुटको पतन हुने उनले दाबी गर्नुभयो ।

उहाँले पार्टीभित्रको विवाद विचारको लडाइ भएको बताउनुभयो ।

कतिपय मानिसहरुले पार्टीभित्रको विवादलाई पदको लडाइ भनेर व्याख्या गर्ने गरेको भन्दै अध्यक्ष दाहालले त्यस्तो व्याख्यालाई आफूले खारेज गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राज्य शक्तिको दुरुपयोग गर्दै सर्वोच्च अदालतलाई दबाव र प्रभावमा राख्न खोजेको उहाँको आरोप थियो ।

अध्यक्ष दाहालले ओलीका ‘उखान टुक्का र हाँस्यव्यंग्य प्रहसन तथा भ्रमहरू परास्त गर्न पनि सडकमा उत्रनुपर्ने’ बताउनुभयो ।

ओलीभन्दा माधव नेपाल हजार गुणा राम्रो रहेको भन्दै उहाँले ओलीले नै जबज छोडेको जिकिर गुर्नभयो ।

सूर्य चिन्ह आफुहरुसँगै रहने भन्दै उहाँले कसैले खोस्न खाजे आँधीबेहरी आउने चेतावनी दिनुभयो ।

अध्यक्ष माधव नेपालले ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु केही गुण नभएको बताउँदै कुनै दिन कम्युनिस्ट पार्टी पनि त्याग्न सक्ने बताउनुभयो ।

जनजीविकाका कुरा गर्न खोज्दा ओली पन्छिने गरेको भन्दै अध्यक्ष नेपाललले आलोचना गर्ने मान्छे उहाँको दृष्टिकोणमा नकारात्मक हुन्छ भन्नुभयो ।

ओलीले बाटो विराएको भन्दै गल्ती नसच्याए इतिहासको रछ्यानमा फालिने उहाँको चेतावनी थियो ।

नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले अदालतमा सेटिङ मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाउनुभयो ।

केपी ओली गुटका मानिसहरुले प्रधानमन्त्रीले असंवैधानिक कदम त चालेकै हुन् तर केपी बाले सेटिङ मिलाएको भनिरहेको जिकिर गर्नुभयो ।