१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चुनावसँग डराउदैनौं : मुख्यमन्त्री शाही


0
Shares

सुर्खेत, पुस २८ । कर्णाली प्रदेशका मुख्यमन्त्री एव नेकपा दाहाल-नेपाल समूहका नेता महेन्द्रबहादुर शाहीले आफूहरु चुनावसँग नडराएको तर प्रधानमन्त्रीको नियतमाथि नै शंका भएको बताउनु भएको छ ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा शाहीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानलाई कुल्चेर प्रधानमन्त्री ओलीले प्रतिगमनको बाटो रोजेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीलले चुनाव गर्नका लागि भन्दा पनि निरंकुशता लाद्न संसद विघटन गरेको उहाँको आरोप छ ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको मन्त्रीमण्डल परिवर्तन गर्ने संकेत समेत गर्नु भएको छ ।