१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रोटोनको नयाँ गाडी बजारमा


0
Shares

काठमाडौं, पुस २८ । प्रोटोन कारको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले अत्याधुनिक विशेषता सहितको सागा ब्रान्डको प्रोटोन सेडान कार स्थानीय बजारमा भित्राएको छ ।

जगदम्बा मोटर्सले मलेसियन गाडीको नयाँ मोडल बजारमा ल्याएको हो ।

कम्पनीले यो गाडीको भर्चुअल लौन्च भने बुधबार गर्दैछ ।

अन्य ब्रान्ड भन्दा सुरक्षाका दृष्टिकोणले बढी सुरक्षित दाबी गरिएका यी कारको खरिदमा ५ वर्षको वारेन्टि सुविधा छ ।

अत्याधुनिक विशेषताका यी लक्जरियस गाडी मूल्य प्रतिस्पर्धी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक अग्रवालको दाबी छ ।

एक्सचेन्ज र फाईनान्सको सुविधा समेत उपलब्ध गराइएको अग्रवालले बताउनुभयो ।

कम्पनीले आगामी दिनमा यी गाडीको नेपालमै एसेम्बल गर्ने पनि योजना बनाएको जनाएको छ ।

१३ सय सिसिको म्यानुअल र अटोमेटिक ट्रान्समिसन गरि २ भेरियन्टमा उपलब्ध यी कारहरुको मुल्य ३५ लाख ५० हजार देखि ३९ लाख ९० हजार कायम गरिएको छ ।