
काठमाडौं, पुस २९ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दा सुनुवाईका लागि गठन गरेको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपना प्रधान मल्ललाई सामेल गराउनुभएको छ ।
यसअघि उक्त इजलाशमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि ‘स्वार्थ बाझिने’ भन्दै वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि ‘मुद्दा नहेर्ने’ भन्दै कार्कीले इजलाश छाड्नुभएको थियो ।
कार्कीले इजलाश छाडेपछि रिक्त रहेको स्थानमा बुधबार प्रधानन्यायाधीश राणाले प्रधानलाई सहभागी गराउनुभएको हो ।
प्रधानन्यायाधीश राणाले तोकेको इजलाशमा प्रधानन्यायाधीश राणा आफै, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी हुनुहुन्छ ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको संवैधानिक इजलाशमा सुनुवाई भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्