१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लोक सेवा आयोगले नायब सुब्बा पदमा ८४३ जनाका लागि विज्ञापन


13
Shares

काठमाडौं, पुस २९ । लोकसेवा आयोगले नायब सुब्बा पदमा ८ सय ४३ जनाका लागि विज्ञापन आवहन गरेको छ ।

आयोगले सातवटै प्रदेशमा गरी ८ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन प्रकाशन गरेको हो ।

माग गरिएका पदहरुमध्ये खुल्लाबाट ४ सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४ सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ ।

आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ ।

आयोगले परीक्षाको मिति भने पछि तोक्ने जनाएको छ ।

कोरोना महामारीका कारण लोकसेवा आयोगको परीक्षा नहुँदा परीक्षाको तयारी गरिरहेकाहरु निराश बनिरहेका बेला पछिल्लो समय आयोगले विज्ञापन प्रकाशन गर्न थालेको हो ।

यस अघि शाखा अधिकृत पदका लागि पनि विज्ञापन गरेर आवेदन संकलन गरिरहेको छ ।