
चितवन, पुस २९ । प्रतिनिधिसभा विघटनविरुद्ध चितवनमा विद्यार्थीहरुले व्यङ्ग्यात्मक विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले व्यङग्यात्मक तरिकाले कार्टुन, नारा लेखिएका प्ले कार्डसहित विरोध र्याली गरेका हुन् ।
भरतपुरको चौविसकोठीमा जम्मा भएका कलेजका विद्यार्थीहरु “हाम्रो भविष्य अन्धकारमा नपार्नुहोस केपी बा”, “राष्ट्रपति ज्यू रबर स्ट्याम्प होइन अभिभावक बन्नुहोस”, जस्ता नारा लेखिएका प्ले कार्ड लिएर सडकमा उभिएका थिए ।
प्रतिक्रिया दिनुहोस्