६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


परराष्ट्रमन्त्रीलाई भारतसँग दीर्घकालीन असर पर्ने कुनै सम्झौता नगर्न परराष्ट्रविद्को सुझाव


0
Shares

दिपेन्द्र अधिकारी (इमेज)

काठमाडौं, पुस २९ । संसद पनि नभएको र सरकार पनि कामचलाउ भएको अवस्थामा दूरगामी महत्वका कार्यसूची लिएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण गर्दै हुनुहुन्छ ।

भारतमा रहँदा नेपाल भारत सीमा विवादबारे प्राथमिकताका साथ छलफल गर्ने सरकारको तयारी छ ।

परराष्ट्र मामिलाका जानकारहरुले सरकारले दीर्घकालीन असर पर्ने कुनै सम्झौता गर्न नहुने भन्दै सचेत गराएका छन् ।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैठौं बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते दिल्ली जाँदै हुनुहुन्छ ।

दुई दिने बैठक पनि सोहीदिन आरम्भ हुनेछ ।

शुक्रबार बैठक सम्पन्न गर्दै उहाँले राजनीतिक भेटघाट गरेर शनिबार फर्कने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका सबै विषयमा छलफल हुने र त्यसमा व्यापार, पारवहन, उर्जा, सीमा, कोभिड–१९ सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृति सहितका विषय पर्ने परराष्ट्र मन्त्रालयले जनाएको ।

कामचलाउ सरकारले सामरिक महत्वको मामिलाको बैठकलाई हतारो किन गरेको भन्ने विषयमा प्रश्न उठिराख्दा यो भ्रमण हुन लागेको हो ।

राजनीतिक अस्थिरताका बीच परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदा वर्षौँ नसुल्झेका सीमा विवाद लगायत महत्वपूर्ण विषयमा छलफलको तयारी छ भने नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन नेपालको मुख्य चासो रहेको छ । मन्त्री ज्ञवालीको भेटवार्ता कुन तहसम्म हुने स्पष्ट छैन ।

भ्रमणको अघिल्लो दिनसम्म केही कार्यतालिका तय भएको र केही बाँकी रहेको जनाएको मन्त्रालयले तय भएका कार्यतालिकासमेत सार्वजनिक गरेको छैन ।

परराष्ट्रविद्हरुले भने काम चलाउ सरकारले दीर्घकालीन असर पर्ने कुनै सम्झौता नगर्न सचेत गराएका छन् ।

तरल राजनैतिक अवस्थामा नेतृत्व दबाबमा रहने र त्यसको कमजोरीबाट बाह्यपक्ष असमान लाभ उठाउन सक्रिय रहने प्रचुर दृष्टान्त रहेकाले सचेत हुन उनीहरुले स्मरण गराएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर दिल्ली उत्रने पराराष्ट्र मन्त्री त्रवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने प्रयास गर्नु हुनेछ ।

ज्ञवालीले नेपालमा प्रतिनिधिसभाको विघटनपछि विकास भइरहेका विद्यमान परिस्थितिबारे जानकारी दिने र भारतको साथ खोज्ने स्पष्ट छ ।

मन्त्री ज्ञवाली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ज शितल निवास पनि जानु भएको थियो ।

भिडियो हेर्नुहोस्