१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चन्द समूहका नेता पक्राउ


0
Shares

काठमाडौं, पुस २९ । सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको पार्टीका शीर्ष मध्येका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुधबार चन्द समूहका पश्चिम कमाण्ड प्रमुखसमेत रहेका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई पक्राउ गरेको जनाएको हो ।

उनलाई मकवानपुर र ललितपुरको सीमा क्षेत्रबाट विषेश सुचनाका आधारमा काठमाडौं आउँदै गर्दा पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

उनीसँगै विवेक कुमाल र अन्य नेताहरुसमेत पक्राउ परेको प्रहरी जानकारी दिएकोछ ।