
काठमाडौं, माघ १ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा उहाँले देशको आर्थिक विकासका निम्ति प्राथमिकताका क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिदैँ उर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाइ थियो ।
नेता नेपालले स्वदेशमा उत्पादन हुने वस्तुहरु विदेशबाट आयात रोक्नुपर्ने बताउनुभयो ।
विदेशबाट फर्किएका मानिसहरुको सिप, अनुभव, ज्ञान तथा पूँजी नेपालमै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्