
नवलपरासी, माघ १ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका कृषकलाई ट्याक्टरसहितका कृषि उपकरणहरु उपलब्ध गराइएको छ ।
कृषि कार्यमा सहयोग पुर्याउने उद्देश्यले सहमति संस्था गैंडाकोटले त्यस क्षेत्रका गहुँ तथा धान उत्पादक कृषकलाई लक्षित गरेर कृषि उपकरण उपलब्ध गराएको हो ।
कोइकाको आर्थिक सहयोग र गुड नेभर इन्टरनेशनलको प्राविधिक सहयोगमा स्थानीय सुस्ता सहकारी संस्थालाई उपकरण उपलब्ध गराइएको सहमतिका अध्यक्ष करुणा सागर सुवेदीले जानकारी दिनु भयो ।
सहकारीमा आवद्ध कृषकलाई उपलब्ध गराइएका उपकरणमा ठूलो ट्याक्टरसहित मिनी ट्रिलर, ल्यान्ड लेजेर, रोटाभेटर, ह्याप्पी सिडरलगायत छन् ।
प्रतिक्रिया दिनुहोस्