१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो


0
Shares

चितवन, माघ १ । कोरोना संक्रमण कायमै रहे पनि बिहीबार देवघाट धाममा स्नान गर्ने भक्तजनहरुको घुइँचो लागेको थियो ।

माघे संक्रान्तिमा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट धाममा मेला नलाग्ने तर स्नान गर्न पाइने यसअघि देवघाट क्षेत्र विकास समितिले निर्णय गरेको थियो ।

सोही अनुरुप चितवन, नवलपुर, तनहुँ, गोरखा, मकवानपुर लगायतका जिल्लाबाट भक्तजन आएका थिए ।

चितवनबाट तनहुँ जाने झोलुङ्गे पुलमा भक्तजनको चाप बढेपछि आवतजावत सहज बनाउन नारायणीमा संचालित र्याफटिङले डुंगामार्फत धेरै भक्तजनलाई वारपार गराइरहेका थिए ।

कोभिड– १९ का कारण गत वर्षभन्दा भने यस वर्ष भक्तजनको सख्ंयामा कमी आएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो ।