१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङमा माघी पर्वको रौनक


0
Shares

राकेश बस्नेत (इमेज)
दाङ, माघ १ । दाङमा थारु समुदायहरुमा माघी पर्वको रौनकता छाएको छ ।

माघी पर्वलाई परापूर्व कालदेखि नै मनाउँदै आएपनि पछिल्लो समय माघी फरक तरीकाले मनाउन थालिएको हो ।

थारुहरुले माघी पर्व वा माघे संक्रान्तिलाई आफूहरुको नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् ।

कतिपय मान्छे खानाका परिकारको व्यवस्थामा जुटेका छन्, त केही मान्छे दुना टपरी बनाउनेदेखि लिएर आफ्नो कला र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा ब्यस्त रहेका छन् ।

तर, परम्परागत रुपमा मनाउँदै आएको माघी पर्वमा भने विस्तारै केही खानाका परिकार, कला र संस्कृतिहरु लोप हँुदै गएको पाइन्छ ।

यस वर्ष झन् कोरोनाको कारण गाउँमा खासै चहल पहल नभएको उनीहरुको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिका ७ की निमा चौधरीले पहिलेको तुलनामा अहिले रमाइलो कम हुने गरेको बताउनुभयो ।

पहिलो धेरै रमाइलो हुने गरेपनि पछिल्लो समय कला संस्कृति नै हराउँदै जाँदा रमाइलो नहुने उहाँले बताउनुभयो ।

तुलसीपुर ७ कै थारु अगुवा छोटीलाल थारुलाई पनि पहिलेको तुलनामा अहिले विस्तारै सबै चिज हराउँदै गएको गुनासो गर्नुभएको छ ।

कला संस्कृतिमा पनि पछिल्लो समय साउण्ड सिस्टमबाट नाच्दा र थारु नाच पनि हराउँदै गएको छ ।

माघी पर्वमा चेलीबेटीहरुलाई चामल तथा तरकारीहरुको साटो पैसा दिन थालिएको छ ।

गाँउमा नाचगान गरी महोत्सवको रुपमा माघी पर्व मनाउने र अहिले त्यो सबै हराउँदै आएको छ ।

आफ्नो संस्कृति लोप हुँदै गएकाले संरक्षण गर्नुपर्ने थारु अगुवा बताउछन् ।

माघी पर्वमा खानाको रुपमा विशेष गरेर सुंगुरको मासु, आलु, घुइयाँ, तरुल, साग, मुला, सिन्की, रोटी, सुकेको माछा, ढिग्री आदि परिकारहरु बनाइने गर्दछन् ।

माघी पर्वको दिन बिहानै मादल बजाउँदै, गीत गाउँदै खोलामा नुहाउन जाने र घरमा आएर मान्यजनलाई ढोक गर्ने, खाना खाने र नाचगान गर्ने चलन छ ।

माघीको दोस्रो दिन आफ्ना चेलिबेटीहरुको घरमा पुगेर निस्राउँ दिने गरिन्छ ।

पुराना परम्परा र संस्कृतिलाई जोगाउन पछिल्लो पुस्ताले पनि बुझ्न जरुरी छ ।

भिडियो हेर्नुहोस्