
काठमाडौं, माघ १ । बिहीबार दोलखामा साँझ भूकम्प गएको छ ।
दोलखाको जुगुमा केन्द्रबिन्दू बनाएर साँझ ५ बजेर २५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक राजश बर्माले जानकारी दिनुभयो ।
उहाँले ४ रेक्टर स्केलको भूकम्प गएको बताउनुभयो ।
यो भूकम्पको धक्का २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पकै पराकम्पन हो ।
अहिलेसम्म गोर्खा भूकम्पका ४ रेक्टर स्केलदेखि माथिका ५ सय ५० वटा पराकम्पन आइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्