२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


प्रधानमन्त्रीको अफरले फेरियो देउवाको बोली


0
Shares

रोमन आचार्य (इमेज)
काठमाडौं, माघ १ । मध्यावधि चुनावमा ध्यान केन्द्रित गर्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार साँझ प्रधानमन्त्रीको अफर बोकेर पुष्पकमल दाहाल र माधव नेपालले निवासमै गएर भेटेपछि उहाँको बोली केही फेरिएको छ ।

भेटमा कुनै ठोस जवाफ नदिनु भएका देउवाले बिहीबार पर्वत पुगेर प्रधानमन्त्री केपी ओलीले चुनाव नगराउने बताउनुभयो ।

बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अफर बोकेर पुष्पकमल दाहाल र माधव नेपाल देउवा निवास बुढानिलकण्ठ पुगेसँगै देउवाको बोली केही फेरिएको छ ।

निर्वाचनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिँदै हिँड्नुभएका देउवाले बिहीबार पर्वत पुगेर ओलीले चुनाव नगराउने भनेसँगै देउवाको मनस्थितीमा परिवर्तन भएको हो कि भन्ने चर्चा पनि शुरु भएको छ ।

बुधबारको भेटमा प्रतिनिधि सभा पुर्नस्थापना गराउने आन्दोलनमा साथ दिएर प्रधानमन्त्री बन्न दाहाल–नेपालले देउवालाई अनुरोध गरेका थिए ।

ओलीले निर्वाचन नगर्ने भन्दै उनीहरुले सडक संघर्षमा पनि सहकार्य खोजेको स्रोतको दाबी छ ।

योसँगै ओली समूहबाट पनि निरन्तर विशेष भूमिकाको आश्वासन पाइरहनुभएका देउवा वर्तमान राजनीतिमा किङ्ग मेकर बन्नु भएको छ ।

नेकपा स्रोत पनि राजनीतिक सहकार्यको अफर भएको कुरालाई स्विकार गर्दछ ।

आन्दोलनलाई प्रभावकारी बनाउने रणनीति पनि दाहाल–नेपालले बैठकमा सुनाएका थिए ।

तर, देउवाले भने धोका पाइने शंसय व्यक्त गर्नुभएको थियो ।

नेता जगन्नाथ खतिवडाका अनुसार कुराकानी सकारात्मक भएको छ ।

ओलीको कदमलाई अलोकतान्त्रिक भन्दै कांग्रेस यतिवेला सडकमा संघर्षमा छ ।

बैठकमा देउवाले पार्टी बैठकमा छलफल गर्ने मनसाय सुनाएको कांग्रेस नेताहरु बताउँछन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा दाहाल-नेपालसँग सडक संघर्षमा सहकार्यको संभावना नभएको जिकिर गर्नुहुन्छ ।

प्रतिनिधि सभा भंग गरेको झन्डै एक महिनामा पश्चात् दाहाल–नेपाल र देउवाबीच शक्ति बाँडफाँडमा केन्द्रित छलफलले देउवालाई कता डोर्‍याउला त्यो भने हेर्न बाँकी छ ।

भिडियो हेर्नुहोस्

भिडियो : राजेन्द्र नापित