१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले पाम आयलमा प्रतिबन्ध लगाएसँगै बारा र पर्साका ९० प्रतिशत उद्योग धरासायी


0
Shares

काठमाडौं, माघ ३ । भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि बारा र पर्सामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएका छन् ।

भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि अधिकांश तेल उद्योग धरासायी भएका हुन् ।

पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ ।

पाम आयलको माग भारतमा उच्च छ ।

नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो ।

आर्थिक वर्ष २०७६÷०७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म निकासीको सूचीबाट हटेको छ ।

पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको हो ।

इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेकाले भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो ।

वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ १८ अर्ब ३१ करोड रुपैयाँको पाम आयल निर्यात भएको थियो ।

पर्सा, बारामा रहेको १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै ११ अर्ब ७२ करोड रुपैयाँ मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो ।

तर भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नौ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको ६३ हजार १०१ मेट्रिक टन भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ ।

निर्यातको शीर्षस्थानमा भटमासको तेल रहेको छ ।

अघिल्लो वर्षको समीक्षा अवधिमा करिब दुई अर्बको १४ हजार ९२४ मेट्रिक टन यस्तो तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।.