
फाइल तस्बिर
सर्लाही, माघ ४ । पालिकाहरुको बेवास्ताले गर्दा जाडोमा सर्लाहीका अतिविपन्न, गरिब र पिछडिएका दलित परिवारको जनजीवन कष्टकर भएको छ ।
चिसो हावा र बाक्लो हुस्सुका कारण सर्लाहीसहित तराईका जिल्लाहरुमा जाडो बढेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको पुषको पहिलो साता बसेको बैठकले जिल्लाका सबै पालिकालाई ४ चट्टाका दरले सहुलियत दरमा काठ उपलब्ध गराउने निर्णय गरेको भएपनि आजसम्म हरिपुर नगरपालिका र मलंगवा नगरपालिकाले मात्रै काठ लैजानका लागि रकम जम्मा गराएको डिभिजन वन प्रमुख माधव प्रसाद देवले जानकारी दिनुभयो ।
आइतवार यी दुई नगरपालिकाले काठ बुझेको भए पनि अरु पालिकाहरुले यस विषयमा वास्तै नगरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्