
काठमाडौं, माघ ४ । महानगरिय प्रहरी परिसर ललितपुरले सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहा मैनपुर–४ का अजय भन्ने प्रमोद साह तेलि र बहुदरमाइ नगरपालिका–८ घर भै काठमाडौं गौशाला बस्ने मेवालाल साह तेलि रहेका छन ।
उनीहरुले सामाजिक सञ्जाल फेसबुक व्हाट्सएप मार्फत बजार भाउँ भन्दा सस्तोमा विभिन्न ब्राण्डका मोबाइल उपलब्ध गराउने झुठो बिज्ञापन गरेर ठगी गर्दै आएका थिए ।
उनीहरुले सस्तोमा मोवाइद दिने भन्दै विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ ।
पीडितको जाहेरीको आधारमा दुबै जनालाई ललितपुर प्रहरीले पर्साबाट पक्राउ गरि ललितपुर ल्याएको हो ।
यो गिरोहको विदेशसम्म कनेक्सन रहेको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
अहिलेसम्म यो गिरोहबाट ठगिने ८ जनाको उजुरी आएको परिसरले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाइ ठगी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्