
काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताउनुभएको छ ।
अखिल नेपाल महिला संघको आइतबार काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ लिन तयार रहेको बताउनुभएको हो ।
आफुले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उहाँको भनाई छ ।
प्रधानमन्त्री ओलीले आफुले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौम सत्ताको पक्षमा रहेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल – नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको आरोप लगाउनुभयो ।
निर्वाचन आयोगलाई निर्वाचन नर्गन आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरित लागेको उहाँको भनाई छ ।
प्रधानमन्त्री ओलीले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्