
काठमाडौं, माघ ५ । डेल्टा मल्टिमिडियाले प्रोडक्सन गरेको नेपालभाषाको लघु चलचित्र साःगःले उत्कृष्ट पुरस्कार हात पारेको छ ।
कीर्तिपुर नगरपालिकाले आयोजना गरेको लघु चलचित्र प्रतियोगितामा प्रदीप खड्गी निर्देशित चलचित्रले रु. एक लाख नगदसहित पुरस्कार पाएको हो ।
त्यस्तै, नेवाः यूट्युवले निर्माण गरेको आजु द्यो दोस्रो तथा फोकस पिक्चर्सले बनाएको न्हेकासिँ र लाखय् पाःलाई सान्त्वना पुरस्कार दिइएको छ ।
पुरस्कृत भएको टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उद्ययनमन्त्री भानुभक्त ढकालले प्रमाण–पत्र दिनुभएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चलचित्रको प्रदर्शनी पश्चात् छनोट गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्