
AFP
काठमाडौं, माघ ५ । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाको आक्रमणमा परि ८३ जनाको मृत्यु भएको छ ।
गत शनिबारदेखि जारी आक्रमणमा सुरक्षाकर्मीसहित १ सय ६० घाईते भएका छन् ।
घाईतेहरुको उद्धार र उपचारमा कठीनाई भएको भन्दै थप सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पठाउन उपचारमा संलग्नहरुले आह्वान गरेका छन् ।
आक्रमणमा थुप्रै भवन तथा सवारीसाधनमा समेत क्षति पुगेको बताइएको छ ।
स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको जनाएको छ ।
सुडानमा सन् २००३ देखि जारी द्वन्दका कारण तीन लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्