
काठमाडौं, माघ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २ सय ८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ ।
मुख्यसचिव हुँदा रेग्मीले कार्यकालको समयावधिभन्दा २२ दिनअघि राजीनामा दिनुभएको थियो ।
राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको बैठकले असोजमा रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्