१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले प्रस्ताव फिर्ता


0
Shares

काठमाडौं, माघ ५ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पूर्व राज्यमन्त्री जसमाया गजमेरसहित तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिनुभएको छ ।

अविश्वास प्रस्तावका विषयमा प्रदेशसभा बैठकमा छलफल गर्ने समय नजिकिदै गर्दा सोमबार प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले आफ्नो प्रस्ताव फिर्ता लिनुभएको हो । प्रदेशसभा बैठक बुधबार बस्दैछ ।

गत पुष १२ गते प्रदेश सरकारका मुख्यमन्त्री राईविरुद्ध दाहाल–नेपाल समूहका ३७ सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

सो प्रस्तावमा सोमबार फिर्ता लिने तीनैजना सांसदको हस्ताक्षर रहेको थियो ।

सोमबार प्रदेशसभा सचिवालयमा सामूहिक निवेदन दिँदै उहाँहरुले नेकपाको सरकारविरुद्ध नेकपाकै सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै आफ्नो बोली फेर्नुभएको हो ।

सोमबार अविश्वास प्रस्ताव फिर्ता लिने तीनै जना सांसद झापाबाट निर्वाचित हुनुहुन्छ ।

अविश्वासको प्रस्ताव फिर्ता लिने सांसद्को संख्या पाँच पुगेको छ ।

यसअघि उदयपुरकी सांसद् कला घले र मोरङकी सांसद् वसन्तीदेवी यादवले अविश्वासको प्रस्ताव फिर्ता लिनुभएको थियो ।