१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राष्ट्रिय वाणिज्य बैंक ५६ औँ वर्षमा प्रवेश


0
Shares

काठमाडौं, माघ ५ । राष्ट्रिय वाणिज्य बैंकले पछिल्लो समय डिजिटल सेवालाई केन्द्रमा राखेर काम गरिरहेको जनाएको छ ।

बैंकले आफ्नो ५६ औँ वार्षिकोत्सवका अवसरमा उक्त जानकारी दिएको हो ।

पछिल्लो समय बैंकहरुबीच प्रतिस्पर्धा बढेको छ ।

कसले छिटो छरितो सेवा प्रवाह गर्ने तथा कसले कस्ता नयाँ सेवा ल्याउने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ ।

डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्नेमा प्रतिस्पर्धा भइरहेको बेला राष्ट्रिय वाणिज्य बैंकले पनि आफु डिजिटल माध्यमबाट नयाँ सेवामा गइरहेको बताएको हो ।

खासगरी कोभिडको संक्रमणपछि लेस क्यास ट्रान्जेक्शन गर्दै डिजिटलको माध्यमबाट कारोबार अगाडी बढाउने र यसलाई निरन्तरता दिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउनुभयो ।

जस्तोसुकै विषम परिस्थितिमा पनि बैंकिङ कारोबारलाई सुचारु राख्ने तथा वैकल्पिक माध्यम अपनाएर भएपनि बैंकका गतिविधि अगाडी बढाउने उहाँको भनाई छ ।

कम ब्याजमा कर्जा दिने तथा निपेक्षकर्तालाई बढी ब्याज दिएर बैंक ग्राहक पहुँचको पहिलो नम्बरमै रहेको उहाँको भनाई छ ।

देश विदेशमा रहेका नेपालीहरुमाझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा रहेको उहाँले बताउनुभयो ।