१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


को बन्ला केयूको उपकुलपति ? तेस्रो कार्यकालका लागि माकाजु फेरि सिफारिश


0
Shares

Dr ramkanth makaju kathmandu university vice chancelor

काठमाडौं, माघ ६ । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम सिफारिश गरिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको समितिले डा. माकाजु, केयूका पूर्वरजिष्ट्रार डा. भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम सिफारिश गरेको हो ।

केयूको नेतृत्व सम्हाल्न इच्छा देखाउँदै ४४ जनाले शिक्षा मन्त्रालयमा आवेदन दिएका भए पनि छनौट समितिले माकाजु, थापा र लुइँटेललाई अन्तिम तीनमा सिफारिश गरेको हो ।

यिनै नामबाट कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले कुनै एक जनालाई केयूको उपकुलपति नियुक्त गर्नुहुने छ । चार वर्षे कार्यकाल हुने केयूको उपकुलपतिमा डा. माकाजुले दुई कार्यकाल पूरा गरिसक्नुभएको छ ।

उपकुलपति माकाजुको कार्यकाल यही माघ १० गते सकिने भएपछि केयूको सिनेट बैठकले उपकुलपति छनौट गर्न सहकुलपति शिक्षामन्त्री श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।

जसमा केयूको बोर्ड अफ ट्रष्टीका प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकुलपति सुरेशराज शर्मा सदस्य हुनुहुन्छ ।