
काठमाडौं, माघ ६ । एनसेलले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजना अनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ ।
यो च्याट सेवाको डिजिटल प्लेटफर्म मार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारी सजिलै लिन सक्ने जनाएको छ ।
यो सेवा एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज तथा ह्याण्डलमा उपलब्ध भएको र यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद, भिसा तथा मास्टरकार्डबाट रिचार्ज, एनसेलको सेवा तथा सुविधाको बारेमा जानकारी लिन सक्ने लगायत थुप्रै सुविधा पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्