१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डोजर आतंकविरुद्ध काठमाडौं महानगरपालिकामा धर्ना


13
Shares

काठमाडौं, माघ ६ । कमलपोखरीमा मध्यरातमा भएको डोजर आतंकविरुद्ध अभियन्ताहरुले काठमाडौं महानगरपालिकामा धर्ना दिएका छन् ।

पुरातत्व विभागको निर्देशनलाई लत्याएर सोमबार रातारात डोजर चलाएर जैविक हिलो माटो ओसारेको विरोधमा मंगलबार उनीहरुले महानगरपालिकामा धर्ना दिएका हुन् ।

प्राकृतिक स्वरुप नै बिगार्ने गरि सिमसार कमलपोखरीमा भइरहेको कंक्रिट निमार्ण तत्काल रोक्न समेत उनीहरुले माग गरेका छन् ।

आफुहरुको मागहरु पूरा नभए कानूनी उपचार र सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

धर्नामा सहभागी पूर्व मिस नेपाल एवं आकिटेक श्रृंखला खतिवडले कमलपोखरीमा कंक्रिटको नभई प्राकृतिक कमलको फूल फुलाएर पोखरी संरक्षण गर्न आग्रह गर्नुभयो ।

धर्ना पछि अभियन्ताहरुले मेयर र उपमेयरहरुलाई कमल पोखरीकामा भएको नकारात्मक कृयाकलाप तत्काल रोक्न भन्दै ज्ञापन पत्र बुझाएको थिए ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मध्यरातमा भएको घटना प्रति खेद जनाउंदै भन्दै कमलपोखरीको प्राकृतिक स्वरुपमा बचाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।