१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने, खोप आज आइपुग्दै


0
Shares

काठमाडौं, माघ ७ । भारतले नेपाललाई १० लाख डोज कोरोनाको खोप अनुदानमा दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ को पहिलो खेप बिहीबार नै आइपुग्ने पनि स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने जनाएको छ ।

खोप अभियान ७७ जिल्लाबाटै शुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।

भारतले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार लगायत ६ देशलाई कोरोनाको खोप अनुदानमा दिन लागेको हो ।