१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधिसभा विघटन : सकियाे आजकाे बहस, अब बहसकर्तालाई ३० मिनेट मात्र


0
Shares

काठमाडौं, माघ ७ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि बुधबार (आज)को बहस सकिएको छ ।

बुधबार वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीबाट बहस शुरु भएको थियो । ज्ञवालीले धेरै अनिश्चयमा बसिरहनुभन्दा यस विषयमा संविधान निर्माणमा संलग्न नेता र विज्ञहरुसँग छलफल गर्नु ठिक हुने सुझाब समेत दिनुभएको थियो ।

सर्वोच्चले बुधबारबाट भने वकिलहरुको लागि समय तोकेको छ । एउटै वकिलले बढी समय वहस गर्न थालेसँगै संवैधानिक इजलासमा बहसका लागि एक जनालाई बढीमा ३० मिनेटको समय तोकिएको छ ।

बुधबार ज्ञवाली सहित कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, झल विश्वकर्मा, नवराज पाण्डे, सुरेन्द्रविक्रम केसी, कञ्चनकृष्ण न्यौपाने र देव बहादुर महतले बहस गरेका थिए ।