
बारा, माघ ८ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री भानुभक्त ढकालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकार आफैले बनाउने बताउनु भएको छ ।
सिमरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले आयोजनाविरुद्ध चलखेल गर्नेलाई हटाएर सरकारले आफनै लगानीमा निर्माण थाल्ने बताउनु भएको हो ।
मन्त्री ढकालले आयोजना निर्माणसँगै आयोजना स्थलभित्र बसोबासर गर्ने १४ सय ७६ घरधुरीलाई अन्याय नपर्ने गरी उचित व्यवस्था गर्ने समेत बताउनुभयो ।
विगत दुई दशकदेखि चर्चा र विवादमा रुमल्लिएको आयोजनाको हालसम्म रेखांकनको काम मात्रै सकिएको छ ।
आयोजना क्षेत्रमा पर्ने रुख गणना र पसाहमा बांध बाध्ने काम रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्